भ्याकेन्सी खोलिएको भन्दै सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएकोप्रति टेलिकमको आपत्ति
काठमाडाैं । विभिन्न शाखाहरुमा काम गर्न विज्ञापन (भ्याकेन्सी) खोलिएको भनेर गलत सूचना प्रवाह भएकोप्रति नेपाल टेलिकमले आपत्ति जनाएको छ । टेलिकमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीका पदाधिकारीको नामसमेत जोडी फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा आपत्ति जनाएको हो ।
कर्मचारी आवश्यकतासम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिन टेलिकमले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया