भ्याकेन्सी खोलिएको भन्दै सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएकोप्रति टेलिकमको आपत्ति
काठमाडाैं । विभिन्न शाखाहरुमा काम गर्न विज्ञापन (भ्याकेन्सी) खोलिएको भनेर गलत सूचना प्रवाह भएकोप्रति नेपाल टेलिकमले आपत्ति जनाएको छ । टेलिकमले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीका पदाधिकारीको नामसमेत जोडी फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा आपत्ति जनाएको हो ।
कर्मचारी आवश्यकतासम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने गरेकोले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिन टेलिकमले अनुरोध गरेको छ ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया