उपत्यकामा चल्ने सवारी साधनको भाडा घट्यो
काठमाडाैं । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले उपत्यकामा चल्ने सवारी साधनको भाडा घटाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले उपत्यकाको पनि भाडा समयोजन गरेको हो ।
बुधबार बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले नयाँ भाडादर समायोजन गर्ने निर्णय गरेको हो ।
अब काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा ५ दशमलव ९ प्रतिशत, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा कायम हुने छ ।
नयाँ भाडादर राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुने छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया