उपत्यकामा चल्ने सवारी साधनको भाडा घट्यो
काठमाडाैं । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले उपत्यकामा चल्ने सवारी साधनको भाडा घटाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा दर घटाएको एक सातापछि प्रदेश सरकारले उपत्यकाको पनि भाडा समयोजन गरेको हो ।
बुधबार बसेको भाडा निर्धारण/समायोजन सिफारिस समितिको बैठकले नयाँ भाडादर समायोजन गर्ने निर्णय गरेको हो ।
अब काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सिटी बसमा ५ दशमलव ९ प्रतिशत, बागमती प्रदेशभित्र अन्तर पालिका चल्ने मालवाहक सवारी साधनमा ५ दशमलव ६९ र यात्रुवाहक बसमा ४ दशमलव १८ प्रतिशतले भाडा कायम हुने छ ।
नयाँ भाडादर राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुने छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया