NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आफूविरूद्ध सर्वोच्चमा मुद्दा परेपछि रविको असन्तुष्टी :  मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ 

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई चाहिनेभन्दा बढी नै इरिटेट बनाएकोमा असन्तुष्टी पोखेका छन् । बिहीबार सामाजिक सञ्जालमा एक स्टाटस राख्दै उनले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु अलग विषय भएको र इरिटेटको पनि सीमा हुने उल्लेख गरेका हुन् ।

‘मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ’, समाजिक सञ्चालमा असन्तुष्टी पोख्दै आफूविरूद्ध सर्वोच्चमा परेको मुद्दा सम्बन्धमा स्पष्टिकरण दिएका छन् ।

उनले सर्वोच्च अदालतको  मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको जनाएको छ । त्यस्तै उनले अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएकोसमेत जानकारी गराएका छन् ।

अमेरिकाको नागरिकता परित्याग गरेपछि नेपाली कानुन अनुसार निस्सा नबुझाई पुन : नागरिकता लिएको आरोप लगाउँदै रविविरूद्ध युवराज पौडेलले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सोही मुद्दालाई सर्वोच्च अदालले बुधबार दर्ता गर्न आदेश दिएको थियो ।

यस्तो छ  उनको स्टाटस :