इन्धन आयातमै बाहिरियो २ खर्ब ४९ अर्ब, डिजेल मात्रै १ खर्ब २५ अर्बको
काठमाडाैं । चालु आव ०७९/८० को १० महिना अर्थात वैशाखमसान्तसम्ममा इन्धन आयातमै २ खर्ब ४९ अर्ब रकम बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्ममा २ खर्ब ४९ अर्ब ६६ करोड ५३ लाख २७ हजार रूपैयाँको इन्धन आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्ममा ५५ अर्ब ७९ करोड २५ लाख ३२ हजार रूपैयाँको ५ लाख ५९ हजार ६८ किलोलिटर पेट्रोल नेपाल भित्रिएको छ । उक्त मूल्य बराबरको पेट्रोल आयात गर्दा आयल निगमले नेपाल सरकारलाई ३० अर्ब ८१ करोड ८७ लाख २१ हजार रूपैयाँ राजश्व तिरेको छ ।
भन्सारको तथ्यांकअनुसार १० महिनाको अवधिमा १ खर्ब २५ अर्ब ३६ करोड ३९ लाख ३९ हजार रूपैयाँको १० लाख ८६ हजार २३० किलोलिटर डिजेल आयात भएको छ । उक्त मूल्य बराबरको डिजेल आयात हुँदा सरकारले ४३ अर्ब ४० करोड ८४ लाख ८० हजार रूपैयाँ राजश्व उठाएको छ । त्यस्तै सो अवधिसम्मममा ४९ अर्ब ७२ करोड ८४ लाख ८४ हजार रूपैयाँको एलपिजी ग्याँस भित्रिएको छ । सो मूल्य बराबरको एलपिजी ग्यास भित्र्याउँदा निगमले नेपाल सरकारलाई ९ अर्ब २७ करोड ४५ लाख ६७ हजार राजश्व बुझाएको छ ।
यसैगरी १० महिनाको अवधिमा १ अर्ब १७ करोड १४ लाख २० हजार रूपैयाँको मट्टीतेल र १७ अर्ब ६० करोड ८९ लाख ५४ हजार रूपैयाँको हवाइ इन्धन नेपाल भित्रिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया