आइएमई पे को ‘१ रुपैयाँ मा के,सामसुङ इन आइएमई पे’ अफर, ग्यालेक्सी ए–१४ जित्ने अवसर

काठमाडौं । आइएमई पे ले ‘ १ रुपैयाँ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल योजना सार्वजनिक गरेको छ ।
जेठ १० गतेदेखि १७ गतेसम्म चल्ने अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले १ रुपैयाँमा उक्त खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउने छन् ।
प्रयोगकर्ताहरुले यो खेल आइएमई पे एप को होमपेजमा ‘१ रुपैयाँमा के’ ब्यानरमा गइ खेल्न सक्नेछन् । एक साता चल्ने अफरमा प्रयोगकर्ताहरुले धेरै पटक १ रुपैयाँ तिरी खेल खेल्न सक्नेछन् ।
यो अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया