६० वर्षको उमेरमा आशिषले गरे दोस्रो विवाह
एजेन्सी । भारतीय अभिनेता आशिष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् । उनले असामको राजधानी गुवाहाटी बस्दै आएकी फेसन डिजाइनर र व्यवसायी रुपाली बरुआसँग विवाह गरेका हुन्।
अभिनेत्री शकुन्तला बरुआकी छोरी राजोशी बरुआ आशिष विद्यार्थीकी पहिलो पत्नी हुन् ।
आशिषले अदालतमा साथीभाइ र परिवारको उपस्थितिमा रुपालीसँग विवाह गरे ।
टाइम्स अफ इन्डियासँग कुरा गर्दै आशिषले भने, ‘उमेरको यो चरणमा मैले रुपालीसँग विवाह गरेको छु र म निकै खुसी छु । हामीले आज बिहान अदालतमा विवाह गरेका छौं र बेलुका हामीले हाम्रा नजिकका र प्रियजनहरूका लागि भेटघाट समारोह आयोजना गरेका छौं।’
सञ्चारमाध्यमसँग कुरा गर्दै रुपालीले भनिन्, ‘हामी केही दिनअघि मात्रै भेटेका थियौं तर पनि हामीले यो सम्बन्धमा विश्वास गरेका छौं र यसलाई अगाडि बढाउने सोचेका थियौं । हामी दुवैलाई अन्तरंग समारोहमा बिहे गर्ने मन थियो, त्यसैले अदालतमा बिहे गर्यौँ ।’
आशिष बलिउड चलचित्रमा खलनायकको भूमिकामा परिचित छन् । सन् १९८६ देखि आशिष लगातार चलचित्रमा काम गर्दै आएका छन् । आशिषले हिन्दी, तमिल, तेलुगु, कन्नड र मलायालम जस्ता ११ भाषामा अहिलेसम्म करिब ३०० फिल्ममा काम गरिसकेका छन् ।
उनका सबैभन्दा लोकप्रिय फिल्ममा अ लभ स्टोरी, रात की सुबह नही, सरदार, भाई, जानवर, जीत, हैदर, गुडबायलगायत पर्छन् । उनले सन् १९९५ मा बनेको फिल्म ‘द्रोहकल’का लागि उत्कृष्ट सह–अभिनेताको विधामा राष्ट्रिय पुरस्कार पनि पाएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया