सरकारले ट्रेजरी बिल्समार्फत २९ अर्ब आन्तारिक ऋण उठाउँदै
काठमाडौं । सरकारले ट्रेजरी बिल्समार्फत २९ अर्ब १३ करोड रूपैयाँ बराबरको आन्तारिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोल गरिसक्नुपर्ने जनाएको छ ।
राष्ट्र बैंकका अनुसार २९ अर्ब १३ करोड रूपैयाँमध्ये ४ अर्ब रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी हुन लागेको छ ।
राष्ट्र बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिनको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन २०८० साल असार १२ गते परिपक्क हुने छ । ९१ दिनको लागि ७ अर्ब १३ रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० भाद्र १२ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रूपैयाँको जारी गर्न लागेको छ । जुन २०८० साल मंसिर १२ गते परिपक्क हुनेछ ।
३६४ दिनको लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ जेठ १५ गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया