रेशम चौधरीलाई आममाफी दिने प्रस्तावको पत्र गृहमै फिर्ता
काठमाडौं । कैलालीका पूर्वसांसद रेशम चौधरीले आफ्नो सजाय माफ गर्न राष्ट्रपति कार्यालयमा पठाएको पत्र गृह मन्त्रालयमा फिर्ता भएको छ।
उनलाई कैदमुक्त गराउनका लागि पठाइएको उक्त आममाफीको प्रस्ताव प्रचलित कानुन, सर्वोच्च अदालतको फैसलाविपरित हुने भन्दै फिर्ता पठाइएको हो ।
चौधरी वि सं २०७२ भदौ ७ मा सातजना सुरक्षाकर्मी र एक नाबालकको हत्याको आरोपमा दोषी ठहर भइ कारागार चलान भएका हुन् ।
अदालतले तोकेको जन्मकैदको सजाय स्वरुप उनले २० वर्ष जेल सजाय बिताउनुपर्ने छ । उनी पाँच वर्षदेखि जेलमा छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया