श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३
काठमाडौं । मिस नेपाल २०२३ को उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार राजधानीमा आयोजित ग्राण्ड फिनालेमा आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाउँदै प्रधानले ताज उचालेकी हुन् ।
काठमाडौं स्थायी ठेगाना भएकी प्रधान वातावरण अभियन्ता हुन् । २३ वर्षीया उनले वातावरण विज्ञानमा स्नातक गरेकी छन् ।
प्रधानलाई यसअघिकी मिस नेपाल प्रियंका रानी जोशीले ताज लगाइदिइन् ।
त्यसैगरी, प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेशनल र रैना मजगैयाले मिस नेपाल अर्थको उपाधि जितेका छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया