लोक सेवाको पुनः आवेदन दिने समय थपियो
काठमाडौं । लोक सेवा आयोगले यसअघि दरखास्त आह्वान भइसकेका ६ पदमा पुनः आवेदन दिन दोस्रो पटक ताकेता गरेको छ ।
सर्भरमा आएको समस्याले सबै डाटा उडेपछि आयोगले गत वैशाख २० मा विभिन्न पदमा पुनः दरखास्त दिन आह्वान गरेको थियो । उक्त समयसीमाभित्र सबैले आवेदन पेश नगरेपछि आयोगले पुनः प्रक्रियामा सामेल हुन अनुरोध गरेको हो ।
आयोगले आइतबार सूचना प्रकाशित गरी शाखा अधिकृत, नायब सुब्बालगायत विभिन्न ६ पदका उम्मेदवारलाई आवेदन दिन भनेको छ ।
यसअघि आवेदन बुझाएर पनि पछिल्लो प्रक्रियामा सामेल नभएकाहरूलाई जेठ १८ गतेसम्मको समय दिइएको आयोगले जनाएको छ ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया