अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो
काठमाडाैं । नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज तेस्रो स्थानका लागि भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो भएको हो । खेलमा पहिलो सेट गुमाएको नेपालले त्यसपछिको लगातार तीन सेट आफ्नो पक्षमा पार्दै जित निकाल्यो ।
हारसँगै उज्वेकिस्तान भने चौथो स्थानमा रह्यो । त्यसैगरी प्रतियोगितामा श्रीलङ्का पाँचौँ, कीर्गिस्तान छैटाैं, माल्दिभ्स सातौँ र बङ्गलादेश आठौँ स्थानमा रह्यो ।
खेलमा पहिलो सेट उज्वेकिस्तानले २५-२० ले आफ्नो पक्षमा पा¥यो । त्यसपछि नेपालले खेलको दोस्रो सेट २५-१६ ले जितेर खेलमा फर्किएयो । यसैगरी खेलको तेस्रो सेट २५-१५ र चौथो सेट २५-१३ ले जित्यो ।
प्रतियोगिताको उपाधिका लागि आज भारत र काजकिस्तानबीच भिडन्त हुनेछ । उक्त खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया