नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम बढ्यो
काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १७ दशमलब ३८ अङ्कले घटेर एक हजार नौ सय ४१ दशमलब ७४ मा पुगेको छ ।
आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज २७० कम्पनीको ४७ हजार ६७४ स्टकको ७० लाख ५० हजार ३९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ९६ लाख ५९ हजार ४९९ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये उत्पादन र म्युचल फण्डबाहेकका उपसमूह घटेका छन् । उत्पादन १.०१ र म्युचल ०.६५ प्रतिशतले बढेको छ ।
घटेका उपसमूहरूमा बैंकिङ ०.४३, विकास बैंक २.०५, वित्त २.४२, होटल तथा पर्यटन २.७७, जलविद्युत ०.३८, लगानी ०.३४, जीवन बीमा १.८९, माइक्रोफाइनान्स ०.९१, नीर्जीवन २.६५, अन्य १.२८ र व्यापार ०.१२ प्रतिशतले घटेको छ ।
आज युनियन लाइफ इन्स्योरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै हिमालय उर्जा विकासका लगानीकर्ताले सर्वाधिक ६.४० प्रतिशतका दरले गुमाएका छन् ।
कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको २१ करोड ७९ लाख ९४ हजार ९०३ रूपैयाँको कारोबार भएको छ । यस्तै, नेपाल दुरसञ्चार कम्पनीको ९ करोड १३ लाख २ हजार रूपैयाँको कारोबार भएको छ । सोल्टी होटलको ८ करोड ८६ लाख ६९ हजार, क्लाइमेट हाइड्रोपावर ८ करोड ३८ लाख २९ हजार र निफ्राको ७ करोड ८८ लाख ८४ हजार रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया