NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनचाँदीको मूल्य स्थिर

काठमाडाैं । सोमबार सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य आइतबारकै मूल्य एक लाख ८ हजार एक सय रूपैयाँमा नै कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार तेजावी सुनको मूल्य पनि स्थिर रही आइतबारकै मूल्य एक लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आइतबार चाँदीको भाउसमेत स्थिर छ । महासंघका अनुसार सोमबार चाँदी आइतबारकै मूल्य प्रतितोला एक हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।