हार्वर्डबाट स्नातकोत्तर गरेपछि श्रृंखला – अब मलाई ‘अर्बन प्लानर’ भन्न सक्नुहुनेछ
काठमाडौं । पूर्व मिस नेपाल श्रृंखला खतिवडाले ओरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयबाट शहरी विकासमा स्नातकोत्तर उत्तीर्ण गरेकी छिन्।
नेपालस्थित पुलचोक इन्जिनियरिङ क्याम्पसबाट आर्किटेक्चरल इन्जिनियरिङमा स्नातक गरेसँगै हार्वर्ड पुगेकी उनले आफ्नो ग्राजुएसनका तस्विर सार्वजनिक गरेकी छिन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा परिवारसहित उनले तस्विर सार्वजनिक गर्दै लेखेकी छन्, ‘मैले ग्राजुएसन गरें । अब मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुनेछ ।’
आफ्ना परिवार र शुभचिन्तकको सहयोग बिना यो सम्भव नरहेको पनि उनले बताएकी छिन् । आफैंलाई विश्वास गर्न नसकेको क्षणमा साथ दिनेहरूप्रति उनले कृतज्ञा व्यक्त गरेकी छिन् ।
उनले नेपालमै ‘गाथा’ नाम गरेको आर्किटेक्ट कम्पनी पनि स्थापना गरिसकेकी छिन् । नेपाल आएर आफ्नो काम यही कम्पनीमार्फत अघि बढाउने उनले बताउँदै आएकी छिन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया