रेशमलाई माफी दिएकोमा गगनको असन्तुष्टी : कानुनी शासनको कुरा गर्दा सरकार ढले फरक पर्दैन
काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतबाट जन्मकैद सँजाय पाएका रेशम चौधरीलाई सरकारले माफी दिएकोमा असन्तुष्टी जनाएका छन् ।
सोमबार ललितपुर कांग्रेसले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले बलमिच्याइँ गरी अदालतलाई हेपेको आरोप लगाए ।
‘अदालतले गरेको अन्तिम फैसलाका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको छ’, उनले भने, ‘आज सरकारलाई मन लाग्यो निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो। यो राजाको शासन होइन, हुकुम चल्दैन। यो गणतन्त्र हो, यहाँ कानून चल्छ।’
थापाले कानूनको शासनको वकालत गर्दा सरकार ढले पनि केही नहुने बताए । विराेध गर्दा सरकार ढले अर्काे सरकार बन्ने उनकाे भनाइ छ ।
टीकापुर घटनामा सर्वोच्च अदालतले मुख्य दोषी ठहराएका चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज आम माफी दिएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया