सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आज, होला त अन्तिम सुनुवाइ ?
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।
अन्तिम सुनुवाइका लागि पटक–पटक पेसी तोकिए पनि उमेर विवादका कारण प्रभावित हुँदै आएको छ । यही कारण यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको इजलासले पीडितको उमेरसम्बन्धी प्रमाणपत्र पुनः झिकाउन आदेश दिएको थियो ।
गत भदौ ५ मा लामिछानेले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै नाबालिकाले भदौ २१ मा जाहेरी दर्ता गरेकी थिइन् । यससम्बन्धी मुद्दा जिल्ला अदालत, काठमाडौंमा दायर गरिएकोमा विचाराधीन छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया