प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्यो, दश दिनभित्र उजुरी गर्न सकिने
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश भएसँगै नियुक्तिको प्रक्रिया अघि बढेको छ ।
उनलाई संसदीय सुनुवाई समितिको मंगलबारको बैठकले सिफारिश गर्ने निर्णय गरेको हो ।
प्रक्रिया अघि बढेसँगै आज बसेको समिति बैठकले दश दिभित्र सार्वजनिक उजुरी गर्ने समय दिइएको छ । उनीमाथि लिखित पत्र वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिनेछ । उक्त इमेलसहितको सावृजनिक सूचना बुधबार गोरखापत्रमा प्रकाशन हुनेछ ।
आज समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कार्कीलाई गत २५ बैशाखमा संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिश गरिएको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया