NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढ्यो, दश दिनभित्र उजुरी गर्न सकिने

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सिफारिश भएसँगै नियुक्तिको प्रक्रिया अघि बढेको छ ।

उनलाई संसदीय सुनुवाई समितिको मंगलबारको बैठकले सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रक्रिया अघि बढेसँगै आज बसेको समिति बैठकले दश दिभित्र सार्वजनिक उजुरी गर्ने समय दिइएको छ । उनीमाथि लिखित पत्र वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिनेछ । उक्त इमेलसहितको सावृजनिक सूचना बुधबार गोरखापत्रमा प्रकाशन हुनेछ ।

आज समितिका जेष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

कार्कीलाई गत २५ बैशाखमा संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिश गरिएको थियो ।