NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

यी पाँच चर्चित टेलिभिजन अभिनेत्री जो आमा बन्दै छन्

एजेन्सी । भारतीय टेलिश्रृखलामा आफ्नो छुट्टै पहिचार बनाउन सफल भएका ५ अभिनेत्रीहरु यो वर्ष आमा बन्न लागेका छन् ।

टिभी सिरियल ‘ससुराल सिमरका’ बाट पहिचान बनाउन सफल अभिनेत्री हुन् दीपिका कक्कड । उनले २०१८  मा अभिनेता शोएब इब्राहिमको विवाह गरेकी हुन् । विवाहको पाँच वर्षपछि दीपिका आमा बन्न लागेकी छन् ।

टिभी सिरियल ‘रजिया सुल्तान’ मा चर्चा कमाएकी अभिनेत्री पंखुरी अवस्थी पनि यो वर्ष आमा बन्ने भएकी छन् । उनले अभिनेता गौतम रोडेकोसँग विवाह गरेकी हुन् । यी द्वयले २०१८ मा विवाह गरेका हुन् ।

अभिनेत्री इशिता दत्तले पनि यो वर्ष आमा बन्ने सौभाग्य पाएकी छन् । उनले सन् २०१७ मा विवाह गरेकी हुन् । उनले ‘थोडासा बादल थोडासा पानी’, ‘बेपनाह प्यार’, ‘एक घर बनाउँगा’, ‘बहुँ बेगम’ लगायतका चर्चित सिरियलमा काम गरिसकेकी छन् ।

टिभी अभिनेत्री दिशा परमार र गायक राहुल वैद्य पनि पहिलो पटक अभिभावक बन्न लागेका छन् । दुवैले २०२१ मा विवाह गरेका हुन् । उनको सिरियल ‘प्यारका दर्द हे, ‘वो अपना सा’, ‘बडे अच्छे लगते है २’ निकै रुचाइएका सिरियल हुन् ।

त्यस्तै, यो वर्ष ‘भाभीजी घर पर है’ टिभि सिरियलकी अभिनेत्री विदिशा श्रीवास्तव पनि गर्भवती छिन् । विवाहको ७ वर्षपछि उनी पहिलो पटक आमा बन्न लागेकी हुन् ।