NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० असोज १५ गते

सन्दीपको मुद्दामा आज पनि भएन अन्तिम सुनुवाइ

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि आज पनि अन्तिम सुनुवाइ भएन।

जिल्ला अदालत काठमाडौंमा विचाराधीन उनको मुद्दा न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी परेको थियो। न्यायाधीश राईले पीडितका तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गर्दै निवेदन दिए । न्यायाधीशले उक्त निवेदन पनि साथै राखेर सुनुवाए गर्नुपर्ने तर्क गरेपछि बहस नभएको हो।

अन्तिम सुनुवाइका लागि पटक–पटक पेसी तोकिए पनि उमेर विवादका कारण प्रभावित हुँदै आएको छ ।

गत भदौ ५ मा लामिछानेले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै नाबालिकाले भदौ २१ मा जाहेरी दर्ता गरेकी थिइन् । यससम्बन्धी मुद्दा जिल्ला अदालत, काठमाडौंमा दायर गरिएकोमा विचाराधीन छ ।