एनएमबी बैंक प्रकरण : प्रहरीले भेटेन ‘प्राइम सस्पेक्ट’

काठमाडौं । महोत्तरीस्थित एनएमबी बैंकमा हिजो दिनदहाडै लुटपाट भयो । लुटपाटमा संलग्न चारजनामध्ये हाल कोही पनि प्रहरीको नियन्त्रणमा आउन सकेका छैनन् ।
उनीहरूले पेस्तोल देखाउँदै बैंकबाट १५ लाख एक हजार ४९३ रूपैयाँ लुटेको आधिकारिक तथ्यांक बैंकले सार्वजनिक गरेको छ । बैंकले हिजो ३५ लाख रूपैयाँ चोरिएको हुन सक्ने अनुमानित रकम बताएको थियो । घटना संलग्नहरूले लुटिएको केही रकम भने त्यहीँ छोडेर गएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लकाअनुसार हाल प्रहरीले अभियुक्त पक्राउ गर्न स्क्रिनिङ गर्ने कार्य व्यापक रूपमा बढाएको छ ।
‘स्क्रिनिङमा थुप्रै मान्छे परेका छन् । तर अहिलेसम्म हामीले प्राइम सस्पेक्ट भेट्न सकेका छैनौं,’ उनले भने, ‘शंका गर्न सकिने त्यस्तो क्लू नभेटेका कारण अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिइएको छैन ।’
हाल प्रमाण जुटाउने क्रममै लागि रहेको र क्लू भेटिएको अवस्थामामात्रै नियन्त्रणमा लिइने उनले जानकारी दिए । उक्त घटना हिजो दिउँसो १२ बजेर २५ मिनेटमा घटेको थियो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया