‘नियमित व्यवसायिक शेयर कारोबार गर्ने बाहेकका लागि पूँजीगत लाभ करमा फेरबदल भएको छैन’
काठमाडौं । नियममित व्यवसायिक सेयर कारोबार गर्ने बाहेकका लागि पुँजीगत लाभकरमा कुनै फेरबदल नभएको आन्तरिक राजश्व विभागले प्रष्ट पारेको छ ।
आर्थिक विधेयक, २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्रकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा शेयर बजारमा लगानी गर्ने लगानीकर्तामा द्विविधा देखिएको भन्दै सो बारे आन्तरिक राजश्व विभागले प्रष्ट पारेको हो ।
आर्थिक विधेयक, २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्रकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा लगानीकर्तामा द्विधा बढ्दै गएको थियो । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबर लगानीकर्ता संघले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै यस व्यवस्थालाई हटाउन मागसमेत गरेका थिए ।
यसै सन्दर्भमा आन्तरिक राजश्व विभागले नियमित व्यवसायको रूपमा नभई पटके रूपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै अर्थात ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानुनी व्यवस्थामा कुनै परिवर्तन नभएको स्पष्ट पारेको हो ।

ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया