‘नियमित व्यवसायिक शेयर कारोबार गर्ने बाहेकका लागि पूँजीगत लाभ करमा फेरबदल भएको छैन’
काठमाडौं । नियममित व्यवसायिक सेयर कारोबार गर्ने बाहेकका लागि पुँजीगत लाभकरमा कुनै फेरबदल नभएको आन्तरिक राजश्व विभागले प्रष्ट पारेको छ ।
आर्थिक विधेयक, २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्रकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा शेयर बजारमा लगानी गर्ने लगानीकर्तामा द्विविधा देखिएको भन्दै सो बारे आन्तरिक राजश्व विभागले प्रष्ट पारेको हो ।
आर्थिक विधेयक, २०८० को दफा २९ बमोजिम धितोपत्रको नियमित व्यवसायिक कारोबार गर्ने प्रकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधाका सम्बन्धमा लगानीकर्तामा द्विधा बढ्दै गएको थियो । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबर लगानीकर्ता संघले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै यस व्यवस्थालाई हटाउन मागसमेत गरेका थिए ।
यसै सन्दर्भमा आन्तरिक राजश्व विभागले नियमित व्यवसायको रूपमा नभई पटके रूपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै अर्थात ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानुनी व्यवस्थामा कुनै परिवर्तन नभएको स्पष्ट पारेको हो ।

ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया