आलिया भट्टका हजुरबुबाको निधन
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टका हजुरबुवा र सोनी राजदानका बुवा नरेन्द्र राजदानको बिहीबार निधन भएको छ । ९५ वर्षिय राजदान लामो समयदेखि बिरामी थिए ।
उनको फोक्सोमा इन्फेक्सन भएको थियो, जसका कारण उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
उनको मृत्युपछि नरेन्द्र राजदानकी छोरी सोनीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै बुवालाई श्रद्धाञ्जली अर्पण गरेकी छिन् । अर्कोतर्फ, आलियाले नानाको ९२औँ जन्मदिनको एक पोस्ट सेयर गरेकी छिन्, जसमा उनी निकै खुसी र जीवन्त देखिएका छन् । आलियाले भिडियोसँग निकै भावुक क्याप्सन सेयर गरेकी छिन् ।
आलिया आइफा अवार्ड २०२३ मा अवार्ड लिन दुबई जाने कार्यक्रम थियो । तर हजुरबुबालाई अस्पतालमा भर्ना गरिएका कारण उनले आफ्नो कार्यक्रम रद्द गरेकी थिइन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया