आलिया भट्टका हजुरबुबाको निधन
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टका हजुरबुवा र सोनी राजदानका बुवा नरेन्द्र राजदानको बिहीबार निधन भएको छ । ९५ वर्षिय राजदान लामो समयदेखि बिरामी थिए ।
उनको फोक्सोमा इन्फेक्सन भएको थियो, जसका कारण उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।
उनको मृत्युपछि नरेन्द्र राजदानकी छोरी सोनीले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै बुवालाई श्रद्धाञ्जली अर्पण गरेकी छिन् । अर्कोतर्फ, आलियाले नानाको ९२औँ जन्मदिनको एक पोस्ट सेयर गरेकी छिन्, जसमा उनी निकै खुसी र जीवन्त देखिएका छन् । आलियाले भिडियोसँग निकै भावुक क्याप्सन सेयर गरेकी छिन् ।
आलिया आइफा अवार्ड २०२३ मा अवार्ड लिन दुबई जाने कार्यक्रम थियो । तर हजुरबुबालाई अस्पतालमा भर्ना गरिएका कारण उनले आफ्नो कार्यक्रम रद्द गरेकी थिइन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया