यस्तो छ दुखेको पेट ठिक पार्ने घरेलु उपाय
एजेन्सी । अस्वस्थकर खाना र खानपानमा असन्तुलका कारण कहिलेकाही पेट दुख्ने गर्छ ।
पेट दुखेको समय अत्यधिक गाह्रो हुँदा व्यक्ति थकितसमेत हुन्छ । जसले गर्दा सिघ्र चिकित्सककोमा जान पाउँदैन । यस्तो समयमा घरमै केही उपाय अपनाउन सकिन्छ । जसले क्षणिक भए पनि पेटलाई आराम दिन्छ । अचानक पेट दुख्दा मेथीको दाना पनि घरेलु उपचार बन्न सक्छ ।
मेथीमा आयुर्वेदिक गुणहरु हुन्छन् । जसले पेटको दुखाई कम गरी राहत दिन्छ । मेथीलाई पानीमा भिजाएर त्यसको पानी पिउँदा यसले धेरै हदसम्म पेटको दुखाई कम गर्छ ।
अर्को उपाय भनेको पुदिना हो । यसमा पनि औषधीय गुणहरु हुन्छन् । जसले पेटको दुखाई कम गर्छ । पेट दुखेको समय पुदिनाको केही पातलाई पानीमा उमालेर पिउनुहोस् ।
पेट दुख्ने समस्याबाट छुटकारा पाउन अनार पनि लाभदायिक छ । खासगरी पेट दुखेको समय अनारको दानाभन्दा पनि त्यसको ब्रोका उपयोगी मानिन्छ । अनारको ब्रोकामा हल्का बिरे नुन राखेर खाँदा पेटको दुखाई शान्त हुन्छ । यसले अपचको समस्याबाट पनि छुट्कारा दिन्छ ।
अदुवा पनि पेट दुखेको समयमा खान सकिन्छ ।
अदुवाको चिया पिउनाले पेट दुख्न कम हुन्छ । अदुवामा दुखाइ कम गर्ने गुण हुन्छ, जसले दुखाईबाट तुरुन्त आराम दिन्छ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया