२०५८ मा आजकै दिन भएको थियो राजा वीरेन्द्रको वंशनाश
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । ०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्रवीरविक्रम शाहसहित उनको सम्पूर्ण वंश विनाश भएको थियो ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार नीराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । यो घटनालाई नेपाली इतिहासकै कालो दिनका रूपमा लिइन्छ ।
यो प्रकरण छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानी हत्या गरेको र पछि आफैंलाई गोली चलाएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर त्यसलाई आमजनताले विश्वास गरेनन् ।
उच्च सुरक्षा घेराभित्रको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको वंश विनाशपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए । तर अलोकप्रिय कदमका कारण सिंगो राजतन्त्रको नै अवसान भयो ।
राजतन्त्रको अन्त्यपछि हत्याकाण्ड भएको स्थान नारायणहिटी दरबार संग्रहालयका रूपमा विकास गरेर सर्वसाधारण निम्ति खुला गरिएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया