२०५८ मा आजकै दिन भएको थियो राजा वीरेन्द्रको वंशनाश
काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । ०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्रवीरविक्रम शाहसहित उनको सम्पूर्ण वंश विनाश भएको थियो ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार नीराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो । यो घटनालाई नेपाली इतिहासकै कालो दिनका रूपमा लिइन्छ ।
यो प्रकरण छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानी हत्या गरेको र पछि आफैंलाई गोली चलाएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर त्यसलाई आमजनताले विश्वास गरेनन् ।
उच्च सुरक्षा घेराभित्रको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको वंश विनाशपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए । तर अलोकप्रिय कदमका कारण सिंगो राजतन्त्रको नै अवसान भयो ।
राजतन्त्रको अन्त्यपछि हत्याकाण्ड भएको स्थान नारायणहिटी दरबार संग्रहालयका रूपमा विकास गरेर सर्वसाधारण निम्ति खुला गरिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया