एकैदिन सुनको मूल्य १७०० रूपैयाँले ओरालो

काठमाडाैं । शुक्रबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य आइतबार १ हजार ७ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला एक लाख११ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २० रूपैयाँ घटेर एक हजार ११५ रूपैयाँमाकरोबार भइरहेको छ ।
प्रतिक्रिया