५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने : अर्थमन्त्रालय
काठमाडौं । आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्रकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको अर्थमन्त्रालयले स्पष्ट पारेको छ ।
उक्त विधेयकलाई लिएर सेयर लगानीकर्ताले विरोध जनाएपछि अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले छलफलपछि सूचना जारी गरी स्पष्ट पारेको हो ।
उक्त विधेयमाथि अर्थमन्त्रालय र सेयर लगानकर्ताबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएसँगै अहिले सेयर कारोबार खुलको छ ।
यसभन्दा अघि आन्तरिक राजश्व विभागले नियमित व्यवसायको रूपमा नभई पटके रूपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै अर्थात ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानुनी व्यवस्थामा कुनै परिवर्तन नभएको स्पष्ट पारेको थियो ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया