५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुने : अर्थमन्त्रालय
काठमाडौं । आर्थिक विधेयक, २०८० को दफा २९ का सन्दर्भमा प्रकृतिक व्यक्तिलाई प्रदान गरिएको छुट सुविधा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको अर्थमन्त्रालयले स्पष्ट पारेको छ ।
उक्त विधेयकलाई लिएर सेयर लगानीकर्ताले विरोध जनाएपछि अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले छलफलपछि सूचना जारी गरी स्पष्ट पारेको हो ।
उक्त विधेयमाथि अर्थमन्त्रालय र सेयर लगानकर्ताबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएसँगै अहिले सेयर कारोबार खुलको छ ।
यसभन्दा अघि आन्तरिक राजश्व विभागले नियमित व्यवसायको रूपमा नभई पटके रूपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै अर्थात ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानुनी व्यवस्थामा कुनै परिवर्तन नभएको स्पष्ट पारेको थियो ।

ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया