नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
आज सर्वोच्चका न्यायाधीश मनोज शर्माको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरणको विषयमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट निवेदन दायर गरेका थिए । सोही रिटमाथि आज सुनुवाइ भएको हो ।
अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई बोलाएको छ । योसँगै राष्ट्रपति कार्यालयसहितका केही निकायका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ।
नागरिकता विधेयक विधि र प्रक्रिया मिचेर ल्याइएको भन्दै विपक्षी दलले आज पनि संसद अवरूद्ध गराएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया