NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

प्रधानमन्त्रीलाई रविको प्रश्नः नागरिकता विधेयकमा संसदको क्षेत्राधिकार किन मिचियो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं सभापति रवि लामिछानेले संसदको अधिकार क्षेत्र मिचेर नागरिकता विधेयक प्रमाणीकरण भएकोमा आपत्ति जनाएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्दै उनले नागरिकतासँग जोडिएको महिलाका समस्याकाबारेमा आफू पनि चिन्तित भएको भन्दै उनले यी विषय संसदमा छलफल नगरी प्रमाणीकरण गर्नु ठीक नभएको तर्क गरे ।

‘नागरिकता विधेयमा सार्वभौम सम्पन्न संसदको क्षेत्राधिकार मिचिएको छ । यसमा हाम्रो आपत्ति हो’, उनले भने, ‘महिलाको समस्या समाधानका विषयमा हामी पनि चिन्तित छौं । यस्ता विषय संसदमा छलफल हुनुपर्छ । विधि र प्रक्रिया मिचेर प्रमाणीकरण गरिएको विधेयक मान्य छैन । यसको जवाफ चाहियो ।’