NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

जीवन बीमा कम्पनीले वैशाखमा आर्जन गरे ९ अर्बभन्दा बढी बीमा शुल्क, कुनको कति ?

काठमाडाैं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष ०७९/८० को वैशाखमा मात्रै ९ अर्ब ३७ करोड ४९ लाख रूपैयाँ बीमा शुल्क शुल्क आर्जन गरेका छन् । हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुले ८ लाख ९७ हजार ४२२ बीमा पोलिसी बिक्री गर्दा सो बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सोही अविधिको १० महिना (साउन-वैशाख) सम्ममा कम्पनीहरुले एक खर्ब  १४ अर्ब १० करोड ९७ लाख रूपैयाँ बरारको बीमा शुल्क संकलन गरेको छ । त्यस्तै सोही अवधिमा कम्पनीहरूले ९० अर्ब ७८ करोड १८ लाख नविकरण शुल्क संकलन गरेको छ ।

कम्पनीहरूले  वैशाखसम्ममा १ करोड ३८ लाख ८३ हजार ३५७ बीमालेख जारी भएका छन् भने २३ अर्ब ३२ करोड ७८ लाख रूपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।

धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ अगाडि

सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले वैशाखसम्ममा २९ अर्ब ६५ करोड ३२ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सोही अविधसम्ममा नेपाल लाइफले प्रथम बीमा शुल्क मात्रै ४ अर्ब ४९ करोड २३ लाख रूपैयाँ संकलन गरेको छ । वैशाख महिनामा मात्रै कम्पनीले २ अर्ब ३९ करोड २० लाख कुल बीमा शुल्क र ४३ करोड ७ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स

धेरै बीमा शुल्क आर्जन गर्ने दोस्रो कम्पनीमा लाइफ इन्स्योरेन्स कम्पनी छ । सो कम्पनीले वैशाख मसान्तसम्ममा १४ अर्ब १८ करोड ८५ लाख रूपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । लाइफ इन्स्योरेन्सले वैशाखमा मात्रै १ अर्ब २४ करोड ३४ लाख कुल बीमा शुल्क र १८ करोड ११ लाख प्रथम बीमा शुल्क संकलन गरेको छ ।

तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्स

वैशाख मसान्तसम्मा धेरै बीमा शुल्क संकलन गर्ने तेस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले वैशाखमसान्तसम्ममा १२ अर्ब ३९ करोड ५९ लाख  रूपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । उक्त कम्पनीले वैशाख महिनामा मात्रै १ अर्ब ०२ करोड १६ लाख कुल बीमा शुल्क र २६ करोड २ लाख प्रथम बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांक छ ।

नेशनल लाइफपछि धेरै बीमा शुल्क संकलन गर्नेमा राष्ट्रिय बीमा संस्थान रहेको छ । सो कम्पनीले वैशासम्ममा ७ अर्ब ५८ करोड ५ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यस्तै अन्य कम्पनीहरूमा सूर्यज्योति लाइफ ६ अर्ब ७७ करोड, एशियन लाइफ इन्स्योरेन्स ५ अर्ब ६८ करोड ६८ लाख, सिटिजन्स लाइफ ४ अर्ब ४२ करोड ३ लाख, सानिमा रिलायन्स ४ अर्ब ४१ करोड २१ लाख  र मेट लाइफको ४ अर्ब २७ करोड ३८ लाख रूपैयाँको बीमा शुल्क संकलन भएको छ ।

यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स ३ अर्ब १३ करोड ९३ लाख, प्राइम लाइफ इन्स्योरेन्स ३ अर्ब ५२ करोड ८१ लाख, रिलायबल लाइफ इन्स्योरेन्स ३ अर्ब ५२ लाख, आइएमइ लाइफ इन्स्योरेन्स ३ अर्ब २६ करोड ६२ लाख, गुराँस लाइफ २ अर्ब २९ करोड २२ लाख, प्रभु लाइफ इन्स्योरेन्स १ अर्ब ६९ करोड २९ लाख,महालक्ष्मी लाइफ १ अर्ब ३१ करोड २० लाख  र हिमालयन लाइफ इन्स्योरेन्स १५ करोड ११ लाख रूपैयाँ कुल बीमा शुल्क संकलन भएको छ ।