NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

शाहरुख खानका रमाइला किस्सा : घुम्न जान हृदयघातको नाटक  

एजेन्सी ।  बलिउडमा आफ्नो छुट्टै छवि बनाउन सफल अभिनेता हुन शाहरुख खान । उनलाई बलिउडको सुपरस्टार मानिन्छ । सन् १९९२ मा चलचित्र दिवानाबाट डेब्यु गरेका उनी बलिउडका सबैभन्दा शिक्षित स्टारमा गनिन्छन् ।

उनले दिल्लीको प्रसिद्ध हंसराज कलेजबाट अर्थशास्त्रमा स्नातक गरेका छन् । स्नातकपछि उनी दिल्लीको जामिया मिलियामा आम सञ्चार विषयमा स्नाकोत्तरका लागि भर्ना भएका थिए । सोही समयमा नै उनमा अभिनयप्रति रुची बढ्न थाल्यो । यही रुचीलाई पछ्याउँदै उनी मुम्बई गए । मुम्बई गएका कारण उनले  स्नातकोत्तरको पढाइ भने पूरा गर्न सकेनन् ।

विद्यालयका रमाइला किस्सा

बलिउडका बादशाह मानिने शाहरुख स्कुले जीवनमा निकै चकचके विद्यार्थीको रुपमा चिनिन्थे । उनले एक पुरानो अन्तर्वार्तामा  स्कुलको समयमा उनले आफ्ना साथीहरूसँग मिलेर शिक्षकलाई बेबकुफ बनाएको किस्सा सुनाएका थिए ।

उनले शिक्षकसामु हृदयघात भएको नाटक गरेको बताएका थिए । त्यसपछि उनी अस्पताल जाने बहाना बनाएर साथीहरुसँग घुम्न गएका थिए ।  बीबीसीलाई दिएको पुरानो अन्तर्वार्तामा शाहरुखले भने, ‘हामीसँग मिस्टर अरोरा नामका शिक्षक थिए । उसको अगाडि एउटा सानो नाटक गरेँ ।’ त्यससमय उनको नाटकले शिक्षक निकै चिन्तित भएको उनले बताएका थिए ।

‘म र मेरा साथीहरू कनॉट प्लेसको क्षेत्र घुम्न गएका थियौं। त्यसैले हामीले यो नाटक स्कुल ​​बङ्क गर्नका लागि गरेका थियौं।’ उनले थपे ।