सरकारले ट्रेजरी बिल्समार्फत ३० अर्ब आन्तारिक ऋण उठाउँदै

काठमाडौं । सरकारले ट्रेजरी बिल्समार्फत ३० अर्ब ८७ करोड रूपैयाँ बराबरको आन्तारिक ऋण उठाउने भएको छ ।
राष्ट्र बैंकका अनुसार ३० अर्ब ८७ करोड रूपैयाँमध्ये ५ अर्ब रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी हुन लागेको छ ।
राष्ट्र बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन २०८० साल असार १९ गते परिपक्क हुने छ । ९१ दिनको लागि ६ अर्ब ४ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० भाद्र १९ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि १० अर्ब रूपैयाँको जारी गर्न लागेको छ । जुन २०८० साल मंसिर १९ गते परिपक्क हुनेछ ।
३६४ दिनको लागि ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ जेठ २२ गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन
-
मार्चे लेकमा याक र चौँरीको रगत पिउने मेला सुरु
-
नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने
-
एकै वर्षमा आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति
-
बजेट कार्यान्वयन गर्न ९५ बुँदे मार्गदर्शन : आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नहुने
प्रतिक्रिया