NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

विवाहकै रात बिते दुलाहा–दुलही

काठमाडौं । विवाहकै रात दुलाहा र दुलहीको मृत्यु भएको छ । त्यो पनि एउटै कारण, हृदयघात भएर ।

भारतको उत्तरप्रदेशस्थित बहराइच जिल्लामा एक साताअघि यस्तो स्तब्ध पार्ने घटना भएको हो ।

गत मे ३० मा २४ वर्षीय प्रताप यादव र २२ वर्षीया पुष्पा यादव विवाह बन्धनमा बाँधिएका थिए । विवाह कार्यक्रम सकिएपछि राति उनीहरू सही सलामत अवस्थामा आराम गर्न कोठामा छिरेका थिए । तर भोलिपल्ट बिहान दुवै मृत अवस्थामा भेटिएको हिन्दूस्तान टाइम्समा उल्लेख छ ।

समाचारअनुसार, भोलिपल्ट बिहान लामो समयसम्म नउठेपछि कोठा फोडेर हेर्दा दुवै मृत अवस्थामा भेटिएका थिए । अप्रत्यासित दृश्यपछि शव परीक्षणका लागि फरेन्सिक विशेषज्ञको टोली बोलाइएको थियो । जसले दुवैको मृत्यु हृदयघाटबाट भएको निष्कर्ष निकालेको छ ।