NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सहकारी क्षेत्र अनौपाचारिक क्षेत्रजस्तो भएको छ : विमलेन्द्र निधि

काठमाडाैं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले सहकारी क्षेत्र अनौपाचारिक क्षेत्र जस्तो भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभामा बजेटमाथि टिप्पणी गर्ने क्रममा उनले सो बताएका हुन् ।

सांसद निधिले देशभर ३० हजार भन्दा बढी छरिएर रहेको सहकारीलाई राम्रोसँग नियमन गर्न सकियो भने अहिले बजारमा देखिएको तरलता व्यवस्थापनमा सहयोग पुग्ने उल्लेख गरे ।

त्यस्तै उनले अर्थतन्त्रको तीन खम्बे मानिएको सहकारीलाई कागजीमा मात्रै नभएर व्यवहारमा पनि लागु गर्नुपर्ने धारणा व्यक्त गरे ।

ससद्मा उनले सहकारी ऐनको दफा १२ मा बैंकहरु खोल्ने अनुमति भएर पनि हाल एउटै मात्रै सहकारी बैंक हुनु विडम्बना भएको औल्यांएका छन् । उनले भने, ‘सहीकरी ऐनको दफा १२ मा बैंकहरू खोल्ने अनुमति छ तर देशमा एउटा मात्रै सहकारी बैंक छ । ५०० सय सेयरहोल्डरले खोल्न निवेदन दिएको छ, एउटै बैंकको एकाधिकार अन्त्य गर्नुपर्छ ।’

ताजा अपडेट

नेपालवाच विशेष