मिलानका टेक्निकल डाइरेक्टर बर्खास्त

काठमाडौं । एसी मिलान क्लबका टेक्निकल डाइरेक्टर बर्खास्तगीमा परेका छन् ।
५ वर्षदेखि टेक्निकल डाइरेक्टरको भूमिकामा रहेका पाओलो माल्दिनीलाई मिलानले बर्खास्त गरेको हो ।
माल्दिनीले गत सिजनमा मिलानको सिरी ए लिगको ११ वर्ष लामो उपाधि खडेरीलाई तोड्दै जित दिलाउन भूमिका खेलेका थिए । यस सिजनमा भने मिलान चौथो स्थानमा सीीमत भएको थियो ।
आफ्नो खेल करिअरको अधिक समय मिलानमा बिताएका उनले यसक्रममा ९०१ खेल खेलेका थिए जसमा २६ उपाधि मिलानको पोल्टामा परेको थियो ।
प्रतिक्रिया