NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

युरोपा कन्फरेन्स लिगको उपाधि वेस्ट ह्यामको पोल्टामा

काठमाडौं । युरोपा कन्फरेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ गोल अन्तरले स्तब्ध पार्दै वेस्ट ह्यामले ४३ वर्षपछि मुख्य उपाधि हात पारेको हो ।

बेस्ट ह्यामका सेद बेन्रह्माले खेलको ६२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यसको पाँच मिनेटपछि नै फियोरेन्टिनाका जियाकोमा बोनाभेन्तुराले गोल गर्दै खेललाई बराबरीमा फर्काए । ९०औं मिनेटमा जारोड बोवेनले गोल गरेपछि वेस्ट ह्यामको जित पक्का भयो ।

योसँगै बेस्ट ह्यामले आगामी सिजनको युरोपमा लिगमा समेत स्थान सुरक्षित गरेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष