युरोपा कन्फरेन्स लिगको उपाधि वेस्ट ह्यामको पोल्टामा
काठमाडौं । युरोपा कन्फरेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ गोल अन्तरले स्तब्ध पार्दै वेस्ट ह्यामले ४३ वर्षपछि मुख्य उपाधि हात पारेको हो ।
बेस्ट ह्यामका सेद बेन्रह्माले खेलको ६२औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यसको पाँच मिनेटपछि नै फियोरेन्टिनाका जियाकोमा बोनाभेन्तुराले गोल गर्दै खेललाई बराबरीमा फर्काए । ९०औं मिनेटमा जारोड बोवेनले गोल गरेपछि वेस्ट ह्यामको जित पक्का भयो ।
योसँगै बेस्ट ह्यामले आगामी सिजनको युरोपमा लिगमा समेत स्थान सुरक्षित गरेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया