मेसी बार्सिलोना फर्कंन चाहन्थे तर …

काठमाडौं । अर्जेन्टिनी लिजेन्ड फुटबलर लियोनल मेसी अमेरिकी क्लब इन्टर मियामीमा अनुबन्धित हुने पक्का भएको छ ।
पेरिस सेन्ट जर्मेन क्लब (पिएसजी) बाट बिदा लिएपछि मेसीलाई बार्सिलोनासँगै साउदी अरेबियाको क्लब अल हिलाललगायतबाट अफर आएको समाचार प्रकाशमा आएका थिए । योबीचमा उनी साउदी क्लबमा अनुबन्धित हुन लागेको हल्ला पनि चल्यो । तर ती सबैलाई गलत सावित गर्दै उनी अमेरिकन क्लबमा अनुबन्धित हुने निश्चित भएको हो ।
‘मैले मियामी जाने निर्णय लिएको छु,’ डिअरोयो स्पोर्टस र मन्डो डिपोर्टिभो अखबारसँगको कुराकानीका क्रममा मेसीले भनेका छन्, ‘मैले युरोप छाड्ने निर्णय गरेँ ।’
खासमा मेसी अन्य क्लबमा अनुबन्ध नभएर पुनः बार्सिलोना जान चाहन्थे । तर एउटा कारणले त्यो सम्भव हुन सकेन र उनी मियामीमा अनुबन्धित भए । मेसीका अनुसार, त्यसको कारण फाइनान्सियल फेयर प्ले हो ।
‘यो सत्य हो कि मलाई अर्को युरोपेली टोलीबाट अफर आएको थियो तर मैले यसबारे सोचेको पनि थिइनँ किनभने मेरो विचारमा युरोपमा जाने ठाउँ मात्र बार्सिलोना थियो।’
विश्वकपमा देशलाई जिताएपछि र बार्सा फर्कंने चाहना पूरा नभएपछि फरक तरिकाले एमएलएसमा जान उपयुक्त भएको पनि मेसीले उल्लेख गरेका छन् ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया