NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

एक हजार रूपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । निरन्तर उकालो लागेको सुनको मूल्य बिहीबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेर एक लाख ११ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यसमेत घटेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ५ रूपैयाँ घटेर ४१५ रूपैयाँमा कारोबार भइरहेको छ ।