NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

संसदमा अर्थमन्त्रीलाई रविको ६ प्रश्न, के–के हुन् ?

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सासद रवि लामिछानेले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बजेटका सम्बन्धमा ६ प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बजेटबारे टिप्पणी गर्ने क्रममा उनले प्रश्न उठाएका हुन् । बजेटमा अर्थमन्त्री महतले चालु आवको जम्मा राजश्वको संशोधित अनुमानभन्दा आगमी आर्थिक वर्ष २४.३७ प्रतिशतले राजश्व वृद्धि हुने अनुमान गरेको छ । सो बजेटमा अर्थमन्त्रीले राजश्वका ९० वटा शीर्षकमध्ये ६८ वटा राजश्वका शीर्षकबाट प्राप्त हुने राजश्वका मूल्यदर एउटै अर्थात् २४.३७ प्रतिशत नै हुने अनुमान गरिएको छ । उक्त अनुमानप्रति सांसद लामिछानेले आशंका व्यक्त गरेका छन् । उनले उक्त कर अनुमान होलसेलमा गरिएको भन्दै आपत्ति जनाए।

उनले भनेका छन्, ‘राजश्वका मूख्य आधार कर र गैरदरको दुबैको वृद्धिदर २४.३७ प्रतिशत नै अनुमान गरेका छन् । करका स्रोतहरुमा आय, मुनाफा, पुँजीगत लाभमा लाग्ने कर, वस्तु तथा सेवामा आधारित कर र वैदेशिक व्यापार सबैमा लाग्ने कर २४.३७ प्रतिशत नै हुन्छ भन्ने अनुमान  छ । होलसेलमा गरिएको यस्तो अनुमानबाट यो पुष्टि हुन्छ कि यो बजेट लेखन झारो टार्ने र गैरजिम्वेवारी काम भएको र हेलचक्क्याईपूर्ण तरिकाबाट गरिएको आशंका गर्न सकिन्छ ।’

सासद लामिछानेले विगतका वर्षहरुमा प्रस्तुत गरिएका कर र गैरदर कर वृद्धिदर हेर्दा पनि कुनै पनि वर्ष समान नदेखिएकाले यो हचुवाको भरमा ल्याएको बताए ।

यी हुन् सांसद लामिछानेले अर्थमन्त्रीलाई गरेका ६ प्रश्न :

१. कर र गैरकरलाई प्रभाव पार्ने विषयवस्तु र क्षेत्र फरक हुन्छन् भने एउटै दरमा वृद्धि कसरी सम्भव हुन्छ ?

२. कुल राजश्व र कर वृद्धिको दर एउटै कसरी हुन्छ ?

३. कुल राजश्व र गैरकरको वृद्धि एउटै कसरी हुन्छ ?

४. कर र गैरकर जसको आधार र प्रकृति भिन्न हुन्छ, यिनीहरुको वृद्धिदर एउटै कसरी हुन्छ ?

५. करका विभिन्न स्रोतहरुको वृद्धिदर एउटै कसरी हुन्छ ?

६. राजश्वका ९० शीर्षकमध्ये ६८ वटा शीर्षकबाट प्राप्त हुने राजश्वका वृद्धिदर एउटै कसरी हुन्छ ?

ताजा अपडेट

नेपालवाच विशेष