कालीकोटमा जीप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु
कालिकोट । कालीकोटको रास्कोट नगरपालिका–२ सेरामा जीप दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
रास्कोटको बसपार्कबाट जितेका लागि छुट्न लागेको ब१च ४६४१ नम्बरको बलेरो जिप दुर्घटना हुँदा रास्कोट नगरपालिका–१ का ४३ वर्षीया मनबहादुर शाही र उनको श्रीमती मनकुमारी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवराज वमले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा सोही ठाउँकी ३० वर्षीया रिता शाही घाइते भएकी छिन् । घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरबाट उद्धार गर्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा खसेको थियो ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया