NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

कोशीमा पहिचानवादीलाई ओलीको चेतावनी, सरकारले कारवाही नगरे एमालेले ठेगान लगाउँछ

काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानको नाममा कोशी प्रदेशमा सत्ता संरक्षित अराजकहरूले उद्दण्डता मच्चाउन खोजेको आरोप लगाएका छन् ।

उनले आफ्ना नेता तथा कार्यकर्तामाथि दिनहुँ आक्रमण भइरहँदासमेत सरकारले कारवाही नगरेको सरकारमाथि आक्रोश पोखेका छन् । पहिचानवादीका नाममा प्रचण्डवादी आपराधीहरूले तमासा गरेको आरोप लगाउँदै तीनीहरूलाई एमालेले नै ठेगान लगाउने चेतावनी दिए ।

आफ्ना नेता तथा कार्यकर्तामाथि मोबिल छर्केर आगो लगाउने प्रयास भइरहेका उनको आरोप छ । ‘किराँत प्रदेश राख्न किन खोजियो भन्ने कुरा अहिले प्रष्ट देखिएको छ, नराख्दा यस्तो छ राखेको भएको भए के हुन्थ्यो ? गैर किराँत त्यहाँ बस्न पनि नपाउने रहेछन्’, उनले भने, ‘यो सबै प्रचण्डको काम हो । देशभर विषको आगो फैलाउन खोजिएको छ । मोबिल छर्केर आगो लगाउने हर्कत राजनीति हो ? अब एमालेले तयारीका साथ दनक दिने बेला आएको छ । हामी आफ्ना नेता तथा कार्यकर्ताको संरक्षण आफै गर्छौं । प्रचण्डपथ भनेको देशद्रोही पथ हो, यो अझै गएको छैन । प्रचण्ड र नारायकणकाजीकै काम हो यो । अब एमाले चुप लागेर बस्दैन ।’

बिहीबार काेशी प्रदेशका उपसभामुख सिर्जना दनुवार र एमाले संसदीय दलको उपनेता राम रानामाथि पहिचानवादीहरूले आक्रमण गरेका थिए । सोही घटनालाई लिएर ओलीले आक्रोश पोखेका हुन् भने संघीय संसदमासमेत एमाले सांसदहरूले  घटनाको निन्दा गर्दै सरकारको जवाफ मागेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष