NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । बिहीबार घटेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ बढेर एकल १२ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक हजार रूपैयाँले घटेर एक लाख ११ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुन प्रतितोला एक लाख ११ हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यसमेत घटेको छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला ४० रूपैयाँ बढेर एक हजार ४५५ रूपैयाँमा कारोबार भइरहेको छ ।