‘उपत्यका बाहिर चल्ने सवारी साधन नयाँ बसपार्कबाटै चल्नुपर्ने व्यवस्था अव्यहारिक’

काठमाडाैं । सांसद् माधव सापकोटाले उपत्यका बाहिर चल्ने सवारी साधन नयाँ बसपार्कबाटै चल्नुपर्ने व्यवस्था अव्यहारिक भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै उनले सो व्यवस्था अव्यवारिक भएको बताएका हुन् ।
सांसद् सापकोटाले भने, ‘काठमाडौ महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो र मध्यम दुरीमा चल्ने यात्रु बसले आगमी असार १ गतेदेखि गोगंबुस्थित नयाँ बसपार्कबाट छुट्नुपर्ने र जटीबुटीदेखि गोगबुसम्म रोक्नै नपाउने बाध्यकारी व्यवस्था र टिकट काट्न त्यही पुग्नु पर्ने नियम अव्यवारिक छ।’
उनले जटीबुटीमा आएका बस गोगबुम्बु पुग्नुपर्ने बाध्यकारी व्यवस्थाको अन्त्य गरी जटीबुटी बसपार्क यथासिग्र सम्पन्न गरी सञ्चालनमा ल्याउन महानगर र सरकारको ध्यानाकर्षण गराएका छन् ।
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया