NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

भारतीय स्थलमार्गबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याए भन्सार तिर्नुपर्ने

काठमाडाैं ।  एक सय रूपैयाँभन्दा बढीको मालसमान भारतको स्थलमार्गबाट हुँदै नेपाल भित्रिदा अब भन्सार कर लाग्ने भएको छ । भैरहवा भन्सार कार्यालयले एक सूचना जारी गरी भन्सार कर लाग्नेबारे जानकारी गराएको हो ।

भन्सार कार्यालयका अनुसार भारतीय सीमावर्ती क्षेत्रबाट एक सय रूपैयाँभन्दा बढी मालसामान किनेर नेपाल प्रवेश गर्ने हरेक यात्रुले भन्सार कार्यालयको यात्रु शाखामा अनिवार्य घोषणा गरी जाँचपास गराएर मात्रै लैजानुपर्ने छ । यात्रुले कार्यालयमा जानकारी नगराइ भन्सार परिसरभन्दा बाहिर लगिएको खण्डमा भन्सार ऐन २०६४ बमोजिम चोरी पैठरी कसुरमा कारबाही हुने कार्यालले सुचना गरेको छ ।

यसअघि सीमा क्षेत्रका भारतीय बजारमा गरिने किनमेलमा भन्सार अनिवार्य थिएन ।

May be an image of text