NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २३ गते

प्रधानमन्त्रीविरूद्ध जनयुद्धकालीन अर्को मुद्दा दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध जनयुद्धकालीन अर्को एक रिट सर्वोच्च अदालतले दर्ता गर्न आदेश दिएको छ ।

लेनिन विष्टले दायर गरेको रिट निवेदन अदालतले शुक्रबार दर्ता गर्न आदेश दिएको हो । तत्कालीन माओवादीले आफूजस्ता नाबालकलाई बालसेना बनाएर जबरजस्ती अयोग्य लडाकु घोषणा गरी शिविरबाट निकाला गर्नु युद्ध अपराध भएको भन्दै प्रचण्डविरूद्ध रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्च प्रशासनले विष्टले दायर गरेको रिट संक्रमणकाली न्यायभित्र पर्ने ठहर गर्दै रिट निवेदन दरपीठ गरेको थियो । यस्तै जनयुद्धमा मारिएका ५ हजार जनाको जिम्मा आफूले लिने भनेर तीन वर्षअघि दिएको सार्वजकि अभिव्यक्तिलाई लिएर उनीविरूद्ध मुद्दा दायर भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष