NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बजेटबारे स्वर्णिमको टिप्पणी: अर्थमन्त्रीका पिएचडीधारी सल्लाहकारलाई आधारभूत ज्ञान रहेनछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद तथा अर्थविज्ञ डा स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयबाट आशा गरिएको थोरै व्यवसायिकतामाथि पनि कुठाराघात भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटको प्राथामिकताबारे बोल्दै उनले पिएचडीधारी सल्लाहकारका हुलले दिएको सल्लाह व्यवहारिक नभएको धारणा राखे ।

बजेट बनाउने काममा संलग्न पिएचडीधारी सल्लाहकार र ६/७ जना काबिल सचिवहरू ‘ट्याक्स इलास्टिसिटी’ र ‘ट्याक्स बोयन्सी’ का आधारभूत ज्ञानबारे पनि अनभिज्ञ रहेको टिप्पणी गरे । जसले गर्दा एक प्रतिशत आर्थिक वृद्धि हुँदा कति प्रतिशत कर तलमाथि हुन्छ ? भन्ने विषयमाथि नजरअन्दाज भएको उनले बताए ।

‘जे लेख्दिएपनि हुन्छ । जे फुक्दिएपनि हुन्छ भन्ने कुरालाई हामीले अलि गम्भीरतापूर्वक लिएका छौं,’ उनले भने, ‘यो नालायकपन त नभनौं । हेलचेक्राईं हो कि हुस्सुपना हो त्यसप्रति माननिय अर्थमन्त्रीज्यूको ध्यान जाओस् ।’

यसबारे उनले अर्थसचिवसँग पनि जिज्ञासा राखेपनि उनले दिएको उत्तर आफूलाई चित्त नबुझेको आशय व्यक्त गरेका छन् । ‘कर उठाउने, राज्य सञ्चालन गर्ने कुरामा पनि यत्ति हलुकोपन छ भने अन्य कुराहरू पत्याउने आधार के ?,’ उनले भने, ‘अन्य धेरै वैचारिक कुराहरूमा पनि अलमल छ ।’

अहिले बजेटबारे भएका विवादका विषयमा अर्थमन्त्रीले कुन सैद्धान्तिक धरातलमा यी नीतिहरूको छनौट गरिएका हुन् भन्ने विषयलाई बुझाइदिनुपर्ने उनको माग छ ।