सिटीले जित्यो पहिलो पटक च्याम्पियन लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको छ ।
गएराति सम्पन्न फाइनल खेलमा प्रतिस्पर्धी इन्टर मिलानलाई १–० गोलान्तरमा पराजित गर्दै सिटीले ऐतिहासिक जित निकालेको हो ।
सिटीलाई महत्त्वपूर्ण जित दिलाउन रोड्रीले निर्णायक भूमिका खेले । उनले खेलको ६८औं मिनेटमा सिटीका लागि गोल गरेका हुन् ।
एकै सिजनमा सिटीले हात पारेको यो दोस्रो सफलता हो । यसअघि सिटीले प्रिमियर लिग र एफए कप जितेको थियो ।
प्रतिक्रिया