NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

तीन दशकपछि रजनीकान्त र अभिताभ एउटै पर्दामा देखिँदै

एजेन्सी । भारतीय सिनेमाका दुई दिग्गज कलाकार रजनीकान्त र अमिताभ बच्चन ३२ वर्षपछि एउटै फिल्ममा देखिने भएका छन् । मिडिया रिपोर्टका अनुसार अमिताभ बच्चनले रजनीकान्त स्टारर फिल्म ‘थलाइवर १७०’ मा क्यामियो गर्न सक्छन् ।

रजनीकान्त अहिले फिल्म ‘जेलर’को सुटिङमा व्यस्त छन् । यसै वर्ष रिलिज हुने भनिएकाेे यस फिल्ममा मलयालम अभिनेता मोहनलाल र ज्याकी श्राफ पनि देखिनेछन् ।

याे फिल्मपछि रजनीकान्त निर्देशक टीजे ज्ञानवेलको फिल्म थलाइवर १७० मा देखिनेछन् । यो फिल्म रजनीकान्तको करियरको १७० औं फिल्म हो र अर्को वर्ष रिलिज हुनेछ।

फिल्ममा अमिताभ बच्चनसँगै तमिल अभिनेता सूर्याको क्यामियो पनि देख्न सकिन्छ ।

मिडिया रिपोर्टका अनुसार यसअघि फिल्म निर्माताहरूले पीएस–२ का अभिनेता विक्रमलाई फिल्ममा केमियो रोल अफर गरेका थिए । तर, अब यो भूमिका अमिताभलाई अफर गरिएको छ । यद्यपी यसबारे आधिकारिक पुष्टि भने हुन बाँकी छ ।

अमिताभ बच्चन र रजनीकान्त पछिल्लो पटक सन् १९९१ को एक्सन ड्रामा ‘हम’मा सँगै देखिएका थिए ।

‘थलाइवर’ १७० सत्य घटनामा आधारित फिल्म हुनेछ । फिल्मलाई लाइका प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा अनिरुद्ध रविचन्द्रले संगीत दिएका छन् । फिल्ममा रजनीकान्त प्रहरी अफिसरको भूमिकामा देखिनेछन् ।

यससँगै रजनीकान्त आफ्नी छोरी ऐश्वर्याको फिल्म लाल सलाममा केमियो रोलमा देखिनेछन् ।

यसैबीच, अमिताभ बच्चन चाँडै फिल्म ‘प्रोजेक्ट’मा देखिनेछन्। नाग अश्विनद्वारा निर्देशित यस फिल्ममा दीपिका पादुकोण र प्रभास पनि देखिनेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष