रणवीरमाथि कंगनाको प्रहार : ड्रग्सको लत लागेको व्यक्तिलाई रामको भूमिका !
एजेन्सी । सामाजिक सञ्जालमा आफ्ना अभिव्यक्तिलाई लिएर चर्चामा आइरहने बलिउड अभिनेत्री हुन् कंगना रनावत । यसपटक फिल्म ‘रामायण’ का स्टारकास्टलाई लिएर उनी फेरि चर्चामा आएकी छिन् ।
बलिउड निर्देशक नितेश तिवारीले रणवीर कपुर र आलिया भट्टलाई लिएर फिल्म ‘रामायण’ मा आधारित फिल्म बनाउन लागेको खबरबारे यतिबेला उनी भड्किएकी छिन् ।
कंगनाले रणबीरको नाम उल्लेख नगरी उनैलाई इंकित गरेर कडा हमला गरेकी छिन् । कंगनाले आफ्नो इन्स्टाग्रामको स्टोरीमा लेखेको स्टाटसमा महिलाबिना बाँच्न नसक्ने र ड्रग्सको लत रहेको पुरुषलाई राम बनाइन लागेको भन्ने कटाक्ष गरेकी हुन् ।
त्यस्तै, केजिएफ स्टारर यश अर्थात् नितेश तिवारीलाई दिइने भनिएको रावणको भूमिकाप्रति पनि उनले असन्तुष्टि जनाएकी छिन् । आफ्नै बलमा नाम कमाएर साउथका सुपरस्टार बनेका तिवारीलाई रामको साटो रावणको भूमिका दिइएको उनको टिप्पणी छ ।
कंगनाले एकपछि अर्को गर्दै रणवीरमाथि आफ्नो रिस पोखेकी छिन् । यद्यपि उनले यहाँ कसैको नाम भने लिएबी छैनन् । तर उक्त फिल्मका लागि रणवीरलाई मात्रै कास्ट गर्ने चर्चा चलिरहँदा यो रणवीरमाथिको प्रत्यक्ष प्रहार भएको बुझ्न कठिन छैन् ।
फिल्मको औपचारिक घोषणा दीपावलीमा हुनेछ । पिंकभिलाको रिपोर्टका अनुसार नितेश तिवारी र फिल्म निर्माता मधु मन्टेनाले सीताको भूमिकाका लागि आलियालाई पहिलो रोजाइका रूपमा लिएका छन् । अर्कोतर्फ, रणवीर भगवान रामको भूमिकाका लागि लुक टेस्ट दिइरहेका छन्।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया