२८ अर्ब रूपैयाँको ट्रेजरी बिल्स जारी गर्दै राष्ट्र बैंक
काठमाडौं । सरकारले ट्रेजरी बिल्समार्फत २८ अर्ब ५० करोड रूपैयाँ बराबरको आन्तारिक ऋण उठाउने भएको छ ।
राष्ट्र बैंकका अनुसार २८ अर्ब ५० करोड रूपैयाँमध्ये ३ अर्ब ५० करोड रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी हुन लागेको छ ।
राष्ट्र बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन २०८० साल असार २६ गते परिपक्क हुने छ । ९१ दिनको लागि ८ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० भाद्र २६ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ४ अर्ब रूपैयाँको जारी गर्न लागेको छ । जुन २०८० साल मंसिर २६ गते परिपक्क हुनेछ ।
३६४ दिनको लागि ११ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ जेठ २९ गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया