NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राप्रपाले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा युद्ध अपराधसम्बन्धी मुद्दा दायर भएकाले राजीनामा माग गरेका हुन् ।

‘सभामुख महोदय प्रधानमन्त्रीविरूद्ध सर्वोच्च अदालतमा युद्ध अपराधसम्बन्धी मुद्दा दायर भएको छ, अदालतले उहाँलाई मंगलबार हाजिर हुन तारेकसमेत दिएको छ । त्यतिबेला उहाँ प्रधानमन्त्री भएर जानुहुन्छ कि प्रचण्ड भएर जानुहुन्छ ? जघन्य अपराध गरेको आरोप लागेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’, उनले भने ।

शाहीले बोले लगत्तै माओवादीका सांसद माधव सापकोटाले प्रधानमन्त्रीमाथि पुर्वाग्रही ढंगले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए ।