राप्रपाले माग्यो प्रधानमन्त्रीको राजीनामा
काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा युद्ध अपराधसम्बन्धी मुद्दा दायर भएकाले राजीनामा माग गरेका हुन् ।
‘सभामुख महोदय प्रधानमन्त्रीविरूद्ध सर्वोच्च अदालतमा युद्ध अपराधसम्बन्धी मुद्दा दायर भएको छ, अदालतले उहाँलाई मंगलबार हाजिर हुन तारेकसमेत दिएको छ । त्यतिबेला उहाँ प्रधानमन्त्री भएर जानुहुन्छ कि प्रचण्ड भएर जानुहुन्छ ? जघन्य अपराध गरेको आरोप लागेका प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ’, उनले भने ।
शाहीले बोले लगत्तै माओवादीका सांसद माधव सापकोटाले प्रधानमन्त्रीमाथि पुर्वाग्रही ढंगले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया